पु.समाचार

सर्बाेच्चमा सुरु भयो संसद बिघटन बिरुद्धको रिटमाथि आजको सुनुवाई

१४ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको बहस सुरु भएको छ । अहिले वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बहस गरिरहेका छन् ।

मंगलबार बहस सुरु गरेका केसीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जिकिर गरेका छन् । उनलाई २० मिनेटको समय दिइएको छ ।

गएको पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सोविरुद्ध १३ वटा रिट दायर भएका थिए । ती सबै रिटमाथि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले गरेको संसद बिघटनमा दर्जनौं रिट निवेदन परेका थिए ।

सोहि रिटमाथि सुनुवाई जारी छ । भने नेकपाको दाहाल–नेपाल समुह, नेपाली कांग्रेस लगाएतका राजनीतिक दलहरु आन्दोलनमा छन् ।