१५ माघ, काठमाडौं । संसद बिघटनका बिरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेकपाको दाहाल-नेपाल समुहले आज बुटवलमा बिरोधसभा गर्दै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति बिद्यादेबि भण्डारीले गरेको प्रतिनिधिसभा विघटनका बिरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको उक्त समुहको तेस्रो चरणको आन्दोलन अन्तर्गत उक्त सभा गर्न लागेको हो ।
संघर्ष समितिका संयोजक ठाकुर गैरेका अनुसार आज बिउँसो १ बजे हुने उक्त बिराेध सभालाई उक्त समुहका अध्यक्ष पुष्पकमल दाहाल, अध्यक्ष माधवकुमार नेपाल, लगाएतका नेताहरुले भम्बोधन गर्ने भएका छन् ।
यसैबिच बिरोध सभा शुरु हुनुअघि बुटवलको उत्तरतर्फ गोलपार्क, पश्चिमतर्फ जितगढी, पूर्व-दक्षिणतर्फ राजमार्ग चौराहाबाट जुलुस निस्कने छन् । बिहान ११ः४५ बजे बुटवलको गोलपार्क, जितगढी र राजमार्ग चौराहाबाट विरोध र्याली गरिने प्रदेश संयोजक गैरेले जानकारी दिएका छन् ।
गोेलपार्कबाट सुरु हुने र्यालीको नेतृत्व ठाकुर गैरे, बामदेव क्षेत्री, बसन्त घर्ती र पुरुषोत्तम घिमिरेले गर्ने छन् । यस्तै बुटवलको राजमार्ग चौराहाबाट सुरु हुने र्यालीको नेतृत्व धनश्याम भुषाल, धनश्याम यादब र नारायण जिसीले तथा जीतगढीको बलदेव खनाल, ओनसरी घर्ती र राजु गुरुङले गर्ने छन् ।
बुटवलमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कार्याकर्ता ल्याउन सवारीसाधनको व्यवस्था गरिएको प्रदेश अध्यक्ष ओनसरी घर्तीले बताएकी छिन् । साथै उक्त जुलुसमा तोकिएको नारा मात्रै लगाउन निर्देशन दिएको लुम्बिनी प्रदेश ईन्चार्ज युवराज ज्ञवालीले जानकारी दिएका छन् ।




