२६ फागुन, काठमाडौँ / जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनलगायत आफ्ना माग पूरा भएमा मात्रै सत्ता साझेदारीबारे सोच्न सकिने बता्रएका छन्। प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा उनले वर्तमान सरकारसँग माग पूरा गराउने शर्तसहित शुरुमा सहमति गरिएकामा पूरा नभएपछि समर्थन फिर्ता लिइएको स्मरण गराउँदै ती मागबारे सबै पक्षसँग छलफल हुने जनाए ।
सत्तारुढ नेकपा एमाले र जसपाबीचको वार्ता टोलीबारे सोधिएको प्रश्नमा उनले हाल सत्ता साझेदारीमा नभई मुद्दाका विषयमा छलफल भएको बताए । जसपाले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तालाई लगाइएका मुद्दा फिर्तालगायत माग उठाउँदै आएको छ ।





