१४ जेठ, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौलाले नेपालगन्ज स्थित भेरी अस्पतालका डाक्टर र नर्स माथी आक्रमण हुनु ज्यादै निन्दनीय कार्य भएके बताएकी छन् । उनले यस्तो महामारीको बेलामा आफ्नो स्वस्थ्य र जिवनको प्रवाह नगरी रातदिन बिमारीको सेवामा खट्ने सेवाका मुर्ती स्वरुप चिकित्सक बर्ग माथी आक्रमण गर्नु जस्तो नृसंश र बर्बरतापुर्ण व्यबहारलाई जति निन्दा गरेपनि पुग्दैन भनेकी छन् ।
डा संग्रौलाले यस्तो कार्य गर्ने ब्यक्ति वा ब्यक्तिसमुह जो सुकै भएपनी सरकारले अबिलम्ब कानुनी दायरामा ल्याएर कार्बाही गरोस् भन्ने माग गर्दै यस्ता प्रकारका जंगली आक्रमणबाट आहात भएका सम्पुर्ण चिकित्सक तथा चिकित्सामा संलग्न परिचर तथा परिचारिका प्रती शिघ्र स्वस्थ्य लाभको कामना गर्दै सभ्य मानव समुदायमा नसुहाउने यो पाशबिक कार्यको घोर भर्त्सना गरेकी छन् ।





