७ जेठ, धनुषा । धनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा केकपा (माओवादी केन्द्र)विजयी भएको छ । नेकपा (एमाले)का अनिलकुमार यादवलाई २१० मतान्तरले हराउँदै प्रमुखमा कांग्रेसका राजेन्द्रप्रसाद यादव विजयी भए। राजेन्द्रले ४३०४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी पूर्व प्रमुखसमेत रहेका अनिलले ४०९४ मत प्राप्त गरे ।
उपप्रमुखमा भने नेकपा माओवादीकी शोभादेवी साह विजयी भएका छन् । साहले ३३३० मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)की अनिता कुमारीले २७९७ मत प्राप्त गरेकी छिन्।
सबैला नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार माओवादीका कारीराम यादव प्रमुखमा र रहीमा खातुन उपप्र्रमुखमा निर्वाचित भएका हुन् ।
प्रमुखमा निर्वाचित यादवले चार हजार २१२ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगत सुन्दर साहले चारहजार ०७६ मत प्राप्त गरे । उपप्रमुखमा माओवादीकी खातुनले चार हजार ६९९ मतसहित विजयी भएका छिन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी किरणकुमारी कापरले तीन हजार ६०४ मत प्राप्त गरिन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार नेपाली कांग्रेसका जीतनारायण यादव प्रमुखमा र तुलसाकुमारी पाण्डे उपप्रमुखमा निर्वाचित भएका हुन् ।
प्रमुखमा निर्वाचित यादवले तीन हजार १०८ मत प्राप्त गरेकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका रामचलितर यादवले दुई हजार ७६० मत प्राप्त गरे । उपप्रमुखमा नेपाली कांग्रेसकी पाण्डेले तीन हजार २८३ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालकी गणिताकुमारी महतोले दुई हजार ४२९ मत प्राप्त गरिन् ।
धनुषाको हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका प्रदीप यादवले चार हजार ४०९ मतका साथ विजयी भकामा निकटतम प्रतिस्पर्धी लोसपा पूर्वप्रमुख रामज्ञान मण्डलले दुईहजार ८१५ मत प्राप्त गरे। उपप्रमुखमा पनि कांग्रेसकी दुर्गा देवी चार हजार ४६५ मत ल्याएर विजयी भएकामा निकटतम प्रतिद्वन्द्वी लोसपाकी दिपिका क्षेत्रीले २९०३ मत प्राप्त गरिन्।





