प्रदेश 2

ज्यान मुद्दामा फरार अन्सारी पक्राउ


२० असार, वीरगञ्ज । ज्यान मुद्दामा फरार अन्सारीलाई प्रहारीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगर वडा नं.१ छप्कैया बस्ने २६ वर्षीय रामजान भन्ने हसमुदिन अन्सारी रहेका छन् ।
अन्सारीले २०७४ साल फागुन ३ गते बारा कलैया उ.म.न.पा. वडा नं.५ बहुअर टोल नहरको छेउमा मनिष कुमारलाई घाँटी रेटी हत्या गरेको भनी मृतकका दाई रोहित कुमारले भारत विहार मोतिहारी थाना रक्सौलमा जाहेरी दिएका थिए ।
फरार रहेका अन्सारीलाई वडा प्रहारी कार्यलय विर्ताबाट खटिएका टोलीले आइतबार असार १९ गते पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १छप्कैया स्थितबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा उपस्थित गराइएको हो ।