प्रदेश 1

झापामा मह प्रशोधन उद्योग सञ्चालनमा

२१ फागुन, दमक । झापाको शिवसताक्षी नगरपालिकामा मह प्रशोधन उद्योग सञ्चालनमा आएको छ । 

मौरी पालक महिला किसानको पहलमा जिल्लामै पहिलो पटक सो उद्योग स्थापना भएको हो ।  सतासी महिला मौरी पालन सहकारी संस्था, सहारा नेपाल र होक्से कृषि सहकारी संस्थाको रु एक करोड २५ लाख लगानीमा सहारा सतासी महिला मौरी मह उद्योग सञ्चालनमा आएको उद्योगका संयोजक देवीकुमारी ओली दाहालले बताए ।

उनले  उद्योगमा वार्षिक १० हजार मेट्रिक्टन भन्दा बढी मह उत्पादन हुँदै आएको जानकारी दिए।   व्यावसायिक रूपमा मह उत्पादनका लागि सतासीमा खेती समेत गरिँदै आइएको छ । अब आधुनिक मेसिनबाट मह प्रशोधन हुने भएकाले बजारीकरणमा पनि समस्या नहुने किसान धनमाया पाठकले बताए ।

उनले अनुसार पहिलो चरणमा सो उद्योगमा  सात महिलाले रोजगारी  पाएका छन् । शिवसताक्षी–११ मा बासिन्दाले सरदर १० देखि दुई  सय ५० घारसम्म माहुरी पालेका छन् ।

मौरी पालन ‘ब्लक’ क्षेत्रसमेत घोषणा गरिएको शिवसताक्षी–११ भित्र मात्र झन्डै तीन सयभन्दा बढी महिलाले व्यावसायिक रूपमा नै मौरी पालन गर्दै आएको र यसबाट वार्षिक ६० टनभन्दा बढी मह उत्पादन हुँदै आएको छ ।