प्रदेश 1

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिदै

४ भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने भएका छन् । नेपाली काँग्रेसबाट साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले  आज विश्वासको मत लिदै छन् ।

मुख्यमन्त्री थापाले  शुक्रबार कोसी प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने सूचना दर्ता गराएका थिए । सभामुखले राजीनामा दिए पछि  प्रदेशसभा सञ्चालन गर्ने जिम्मेवारी उपसभामुख सिर्जना पाएका छन् । तर उनले आफू बिरामी भएकोले आज सोमबार बस्ने प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने भन्दै  बिरामी बिदा लिएका छन् । 

यता  एमाले र राप्रपाका  ज्येष्ठ नौ प्रतिनिधीहरुले बिदा लिएका छन् । कोशी प्रदेश सभामा रहेका एमालेका ७ र राप्रपाका २ जना प्रदेश सभा सदस्यले बिदा लिएका छन्  ।