१२ भदौ, काठमाडौँ । नेपाली काँग्रेसका सादगी नेता तथा पूर्व प्रदेश सांसद ताहिर अन्सारी मियाको आज निधन भएको छ । नेता अन्सारीको आज बिहान ५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
शक्तिशाली नेता स्व गिरिजा प्रसाद कोइरालाका विश्वासपात्र समेत रहेका नेपाली काँग्रेसका सादगी शालीन नेता सुनसरी हरिनगर गा पा २ भुटाहा र सुनसरी ४ निवासी ताहिर अन्सारी मियाको निधनले एक राजनीति अभिभावक गुमाउनु परेको छ । मृतक अन्सारी सुनसरी ४ (ख) का पूर्व प्रदेश सांसदसमेत भएका थिए ।
मृतक अन्सारीको अन्त्येष्टिको कार्यक्रम आज दिउँसो ३ बजे रहेको पारिवारिक श्रोतले बताएको छ ।





