समाचार

थप दुई सुन गाल्ने उपकरण बरामद

१३ भदौ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा राखेको थप दुई वटा सुन गाल्ने उपकरण बरामद भएको छ ।

सीआईबीले उपत्यकाका विभिन्न ठाउँमा छापा मारेर सुन गाल्ने उपकरण बरामद गरेको हो । यसअघि तस्कर समूहले प्रयोग गरेको ५ वटा सुन गाल्ने उपकरण बरामद भइसकेको थियो । हालसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ ।