अन्तर्राष्ट्रिय

श्रीलङ्का : राष्ट्रपति निर्वाचनमा दोस्रो चरणको मतगणना सुरू

६ असोज, कोलम्बो । श्रीलङ्काको निर्वाचन आयोगका अध्यक्ष आरएमएएल रत्नायकेले आइतबार श्रीलङ्काको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणको मतगणनामा प्रवेश गरेको बताएका छन्।

रत्नायकेले निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेको र निर्वाचन ऐन २०४८ अनुसार दोस्रो गणना आवश्यक रहेको बताएका हुुन् ।

नेशनल पिपुल्स पावर एनपीपीका अनुरा कुमारा दिसानायका र समागी जन बलवेगा एसजेबीका सजिथ प्रेमदासाले दोस्रो चरणको मतगणनाका लागि योग्य भएका छन् ।

वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे निर्वाचनको प्रतिस्पर्धामा पहिलो चरणबाट बाहिरिएका छन् ।

सबै मतगणना केन्द्रलाई दोस्रो र तेस्रो वरीयताको गणनामा गएर नतिजा आयोगमा पठाउन भनिएको उनले जानकारी दिए ।

श्रीलङ्काको चुनावी इतिहासमा दोस्रो चरणको मतगणना गर्नुपर्ने यो पहिलो राष्ट्रपतीय निर्वाचन भएकोस्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।