समाचार

अझै सकिएन रविसँगको बयान, सोधियो ५० भन्दा बढी प्रश्न

२८ कार्तिक, काठमाडौँ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुधबार करिब ९ घन्टा बयान लिइएको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा लामिछानेसँग दोस्रो दिन ९ घन्टा बयान लिइएको हो।

जिल्ला न्यायाधीवक्ता प्रेमराज पौडेलसहित न्यायाधिवक्ता र प्रहरी अधिकारीहरूले लामिछानेसँग ब्यान लिएका थिए।  स्रोतका अनुसार सुप्रिम सहकारी, गोर्खा मिडिया नेटवर्क प्रालिलगायतसँग सम्बन्धित रहेर उनीहरूले लामिछानेसँग ५० भन्दा बढी प्रश्न सोधेका थिए ।  सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई मंगलबार रुपन्देही ल्याइएको थियो।