अन्तर्राष्ट्रिय

डब्लुएचओका अफ्रिका क्षेत्रिय निर्देशकमा नियुक्त एनडुगुलिलेको ५५ वर्षको उमेरमा निधन

१२ मङ्सिर, दारे सलाम । आगामी फेब्रुअरीदेखि विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका अफ्रिकाका लागि क्षेत्रीय निर्देशकको जिम्मेवारी तोकिएका फाउस्टिन एनडुगुलिलेको भारतमा उपचारका क्रममा निधन भएको छ । तान्जानियाका सभामुख तुलिया अक्सनले बुधबार एनडुगुलिलेको निधन भएको पुष्टि गरेको हुन् ।

व्यावसायिक राजधानी दार एस सलामको एक निर्वाचन क्षेत्रका सांसदसमेत रहेका एनदुगुलिलेको मृत्युको कारण भने खुलाइएको छैन ।

तान्जानियाका पूर्व उपस्वास्थ्यमन्त्री ५५ वर्षीय एनदुगुलिलेलाई गत अगस्टमा डब्लुएचओ अफ्रिका प्रमुख मनोनित गरिएको थियो ।

उनले सन् २०२५ को फेब्रुअरीदेखि पाँच वर्ष कार्यभार सम्हाल्दै थिए ।

तान्जानियाकोसभामुख तुलिया अक्सनले एनदुगुलिलेको निधनको खबरले आफु निकै दुखी भएको बताउँदै उनको अन्त्येष्टिको जानकारी छिट्टै गरिने बताएको छन् ।

“उनको निधनबाट अफ्रिकालाई अपुरणीय क्षति पुगेको छ,” उनले भने ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले उनको आकस्मिक निधनबाट आफू स्तब्ध र मर्माहत भएको बताएको छन् ।

सङ्गठनका वर्तमान अफ्रिका क्षेत्रीय निर्देशक मात्शिडिसो मोएतीले उक्त समाचारले आफूलाई निकै दुःखी र स्तब्ध बनाएको बताएको छन् ।

“यो एक ठूलो क्षति हो,” उनले एक्समा लेखेको छन् ।

तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसनले पनि सामाजिक सञ्जालमा शोक व्यक्त गरेको छन् ।