समाचार

धरौटीमा छुटिन आशिका तामाङ 

१८ माघ, काठमाडौं। आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले  रिहा गर्न आदेश गरेको छ। आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश सन्तोष प्रसाद पराजुलीले उनलाई २० हजार धरौटीमा छाड्ने आदेश गरेका हुन् । 

भक्तपुरको साँगास्थित झोलुङ्गे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर सङ्कलन गर्दै आएको थियो । तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएकी थिइन् । 

सूर्यविनायक नगरपालिकाको जाहेरीको आधारमा प्रहरी वृत्त जगातिले उनीमाथि अनुसन्धान गरेर प्रहरी प्रतिवेदन बुझाएको थियो । उनलाई केही दिन अघि काठमाडौँ जिल्ला अदालत परिसरबाट पक्राउ गरिएको थियो।