समाचार

मन्त्रीको कार्यकक्षमा लागेको आगो नियन्त्रणमा, प्रहरीले अनुसन्धान थाल्यो 

२६ माघ, काठमाडौँ । आज बिहान सिंहदरबारस्थित खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागी नियन्त्रणमा आएको छ । अकस्मात् मन्त्रीको कार्यकक्षमा आगो लागेपछि प्रहरीले नियन्त्रणमा लिएका थिए।

मन्त्रालयमा लागेको आगो  १५/१६ मिनेटमै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहान ८ बजेर ४६ मिनेट जाँदा भौतिक मन्त्रालयसँग जोडिएको खानेपानी मन्त्रालयको भवनको चौथो तलामा आगलागी भएको थियो ।

आगलागीबाट  खानेपानी मन्त्रालयको भवनमा क्षति भएको छ । आगो के कसरी लाग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।