समाचार

धनगढीमा १४ बर्षिया किशोरीमाथि बलात्कार 

२७ माघ, धनगढी । धनगढीमा १४ बर्षिया किशोरीमाथि बलात्कार भएको छ । अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ । 

बाजुराबाट अध्ययनको लागि धनगढी आएकी किशोरीमाथि गत बिहीबार साँझ जबरजस्ती करणी भएको हो। प्रहरीका अनुसार स्कुलबाट घर फर्किने क्रममा एक युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएपछि उनी धनगढीकै १८ वर्षीय युवकको घर पुगेकी थिइन् । उक्त युवकले किशोरीमाथि घरमै जबरजस्ती करणी गरेर भागेको प्रहरीले जनाएको छ। 

पीडित किशोरीले शनिवार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् । प्रहरीले बताए अनुसार शनिवार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको हो। पीडित किशोरी कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् ।

किशोरीलाई डर, त्रासमा पारेर घरमै लगेर जबरजस्ती करणी गर्ने युवकको खोजी भइरहेको बताइएको छ।