२९ माघ, काठमाडौँ । गत बिहीबार काठमाडौँको कमलपोखरीमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।
शानदार म:म पसलमा काम गरिरहेको अवस्थामा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका रविन राई र भीमबहादुर घलेको मृत्यु भएको हो।
कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते दुइ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जानकारी दिएको छ। प्रहरीका अनुसार घाइतेको सोमबार मृत्यु भएको हो । ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए ।
सबै घाइतेहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।




