राष्ट्रपति रामचन्द्र पौडेल आज धरान जाने भएका छन्। नेपाली सेनाको हेलिकोप्टरबाट राधाकृष्ण प्रणामी मन्दिरको धर्मशाला उद्घाटन गर्न धरान जान लागेका हुन् ।
उनले धरान-८ स्थित राधाकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सवको अवसरमा धर्मशाला समुद्घाटन साथै १०८ पारायण पूर्णाहुति गर्ने कार्यक्रम रहेको छ ।
मन्दिर स्थापनाको ५० वर्ष पुगेको अवसरमा मन्दिरद्वारा निर्मित १६ कोठे धर्मशाला साथै ब्रह्मलीन बाबाजी श्री १०८ गोपी दासको स्मृतिमा निर्मित गोपी स्मारक ध्यान साधनालयको उद्घाटन गर्न लागेको हो।
३ करोड १५ लाखको लागतमा १ कट्ठा जग्गामा १६ वटा कोठा निर्माण सम्पन्न गरिएको र धर्मशालामा उपचारका लागि धरान आउने बिरामी, कुरुवा र गरिब तथा असहायलाई निःशुल्क उपलब्ध गराइने छ ।





