समाचार

गृहमन्त्री लेखक भन्छन् : संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ, यसको विकल्प खोजे मुलुक सङ्कटमा जान्छ

१० फागुन, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्रै नै भएको बताएका छन्। शनिवार काठमाडौँमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई सङ्कटमा धकेल्नु भएको बताएका हुन्। 

 ‘अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ । यसको विकल्प खोज्ने भनेको मुलुकलाई सङ्कटमा धकेल्ने काम हो’, उनले भने, ‘त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ ।’

दश वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको पनि उनले बताए ।लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकको भनाइ छ।