१२ चैत, काठमाडौँ । पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसमा अनेरास्ववियुकाको प्यानलै विजयी भएको छ ।
अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार विष्णु पोखरेल दोब्बरभन्दा धेरै मतान्तरले विजयी भएका हुन् । पोखरेलले एक हजार १०५ मत ल्याएर विजयी भएका छन् भने नेविसंघका सुशील न्यौपानेले जम्मा ५०३ मत ल्याए ।
राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाकोसमेत समर्थन लिएर स्वतन्त्र चुनाव लडेकी विप्लवीले ४६९ मत ल्याइन् । माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीका नवीन अधिकारीले जम्मा २२३ मत ल्याए ।
अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (मोहन वैद्य)को संयुक्त प्यानलका सन्तोष पौडेलले मात्र १९६ मत ल्याए ।अखिल छैटौँका मिलन सुनार २८ र प्राज्ञिक विद्यार्थी परिषद्का दिप्सन गुरुङ ७६ ले मत ल्याएका थिए ।





