समाचार

काठमाडौँको प्रदर्शनीमार्गमा ऊर्जामन्त्री खड्काको पुत्लादहन

१२ चैत, काठमाडौँ । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट  हटाएको विरोधमा ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाइएको छ। काठमाडौँको प्रदर्शनी मार्गमा विद्यार्थीहरूले मन्त्री खड्काको पुत्ला जलाएका हुन् ।

एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले प्रदर्शनी मार्गमा प्रदर्शन गर्दै पुत्ला जलाएका हुन् । उनीहरूले कुलमान को पक्षमा  नारा समेत लगाएका छन्  भने सरकारको विरोध गर्दै चर्का नारा समेत लगाएका थिए ।

 एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अनेरास्ववियुको पुर्व अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा प्रदर्शन भएको हो। जलिरहेको पुत्ला बोकेर विद्यार्थीहरू नाराबाजी गर्दै हिडेपछी प्रहरीले हस्तक्षेप गरेको थियो।