समाचार

अपराध गर्ने व्यक्ती विश्वको कुनै कुनामा भएपनि प्रहरीले पक्राउ गर्न सक्ने, मान्छे बेच्ने अभियोगका सुनार कुवेतबाट पक्राउ

१२ भदौ, काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगङ्गा नगरपालिका–२ सप्तरी समाझिङ्घाका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरेर स्वदेश ल्याइएको छ ।

कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा निजलाई पक्राउ गरेर बुधबार स्वदेश ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

निजलाई कसुरबमोजिम कानूनी कारवाहीको लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइने छ ।