५ असोज, काठमाडौँ । पूर्व न्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा सङ्गीता मिश्र, वैज्ञानिक महावीर पुनः डा मदन परियारलाई मन्त्रीमा प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेकी छन् ।
नवनियुक्त मन्त्रीहरूलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउने कार्यक्रम रहेको बताइएको थियो । डा भगवान् कोइराला र सन्दुक रुईतले भने मन्त्री बन्नका लागि प्रधानमन्त्री सुशीला कार्कीले अफर गरे पनि अस्वीकार गरेका थिए । सोमबार कति बजे शपथ हुने निश्चित नभए पनि शपथ हुने निर्णय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोख्रेलले बताएका छन् । सुशीला कार्कीलाई मन्त्रीपरिषद् विस्तारको दबाब थियो ।




