समाचार

जेएनजी आन्दोलन: मृतकको शोक तथा घाइतेको स्वास्थ्य लाभको कामना गर्दै महासमाजको दसैँ शुभकामना कार्यक्रम स्थगित

१० असोज, काठमाडौँ । कौडिन्य गोत्रीय महासमाजको असोज ११ मा गर्ने निर्णय गरेको दसैँ–तिहार–भेटघाट तथा चियापान कार्यक्रम स्थगित गरिएको छ । 

केन्द्रीय कार्यसमितिको निर्णय अनुसार तय गरिएको कार्यक्रम जेएनजी आन्दोलनका कारण मुलुकमा ७४ जना नागरिकले ज्यान गुमाउनुपरेकोमा दुःख व्यक्त गर्दै कार्यक्रम स्थगित गरिएको महासमाजका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए । 

अध्यक्ष आचार्यले विज्ञप्ति प्रकाशन गर्दै भनेका छन्, ‘यस कौडिन्य गोत्रीय महासमाजको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८२ साल असोज ११ गते शनिवार दसैँ–तिहार भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय भएको हुँदा भदौ २३ र २४ गतेको जेएनजी आन्दोलनका कारण ७४ जना नेपालीहरुको दुखद निधन भएको शोक तथा देशको विषम परिस्थितिका कारण तत्कालका लागि स्थगित गरिएको अनुरोध गर्दछौँ । अर्को मिति, समय र स्थान तय हुने बित्तिकै पुनः सूचना गर्ने नै छौँ धन्यवाद, जय कौडिन्य ।’

५४ वटा थरहरूको सङ्गठनको रूपमा आएको काैण्डिन्य गोत्रीय महासमाजले देशको परिस्थिति रमाइलो र भेटघाट गर्ने नभएकोले बन्द गरिएको र नयाँ मिति तय भएपछि पुनः सूचना निकालिने बताएको छ । भदौ २३ र २४ गते जेएनजी पुस्ताको आन्दोलनका कारण ७४ जना नागरिकको निधन भ

एको छ भने सयौँ घाइते भई विभिन्न अस्पतालमा उपचाररत: छन् । समाजको बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना तथा देश शान्तिमय होस् भन्दै भगवान् पशुपतिनाथसँग माग गरेकोसमेत जनाएको छ । 

महासमाजको विज्ञप्ति 

श्री कौडिन्य गोत्रीय बन्धुहरू

सबैमा नमस्कार

बिषयः दसैँ–तिहार कार्यक्रम स्थगन गरिएको बारे !

यस कौडिन्य गोत्रीय महासमाजको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८२ साल असोज ११ गते शनिवार दसैँ–तिहार भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय भएको हुँदा भदौ २३ र २४ गतेको जेएनजी आन्दोलनका कारण ७४ जना नेपालीहरुको दुखद निधन भएको शोक तथा देशको विषम परिस्थितिका कारण तत्कालका लागि स्थगित गरिएको अनुरोध गर्दछौँ । अर्को मिति, समय र स्थान तय हुने बित्तिकै पुनः सूचना गर्ने नै छौँ धन्यवाद, जय कौडिन्य । 

बाबुराम आचार्य

अध्यक्ष

कौडिन्य गोत्रीय महासमाज

केन्द्रीय कार्यसमिति

नयाँ बानेश्वर, काठमाडौँ ।