समाचार

डाकियो एमालेको सचिवालय बैठक आइतबार गुण्डुमा 

११ असोज, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबारका लागि सचिवालय बैठक बोलाएका छन् । च्यासल स्थीत नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय  जेहनजी प्रदर्शनका कारण जलाइएपछि उक्त भवन मर्मत संभारपछि मात्र बैठक बस्न मिल्ने अवस्थामा छ ।

त्यति मात्र होइन बालकोट स्थीत ओली निवाससमेत जेहनजी आन्दोलनका क्रममा जलाइएको छ । ओली मात्र होइन नेकपा एमालेका अन्य नेताहरूको घर संरचनासमेत जलाइएको अवस्था छ । 

अध्यक्ष ओली प्रधानमन्त्रीबाट राजीनामा दिएपछि गुण्डुस्थीत भाडाको घरमा बसिरहेका छन् । उक्ता भाडाको घरमा अध्यक्ष ओलीले बैठक बोलाएको बताइएको छ । बैठक आइतबार दिनको १ बजे डाकिएको छ ।  पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ः०० बजे गुण्डुस्थित आफ्नो निवासमा सचिवालय बैठक बोलाउनुभएको एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

जेहनजी आन्दोलन र र त्यसपछिको राजनीतिक परिस्थिति तथा नेकपा एमालेले खेल्नुपर्ने भुमिकालगायतका बिषयमा छलफलका लागि बैठक बोलाईएको बताइएको छ । 

आज मात्र अध्यक्ष ओली भक्तपुरको एक कार्यक्रममा प्रमुख अतिथिका रुममा कार्यक्रममा उपस्थित थिए ।