समाचार

काठमाडौँ उपत्यकामा मौसम सफातर्फ उन्मुख, कोसी प्रदेशतिर उच्च सतर्कतामा प्रशासन

१९ असोज, काठमाडौं । काठमाडौँ उपत्यकामा भारी वर्षाको सम्भावना टरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

अव हिजोको तुलनामा आज वर्षा हुने सम्भावना पूर्वतर्फ सरेको मौसम विज्ञान विभागका वरिष्ठ मौषमविद मीनकुमार अर्यालले जानकारी दिएका छन् । 

काठमाडौँ उपत्यका प्रवेश गर्ने र काठमाडौं बाहिरिने सवारी साधनहरू सरकारले बन्द गरेको तथा आइतबार र सोमबार सरकारी बिदा दिएको अवस्थामा आज काठमाडौँको मौसम खुल्न थालेको छ । 

शनिवार देशका अधिकांश भूभागमा वर्षका कारण नागरिकहरू प्रभावित भएको अवस्था थियो । काठमाडौँमा वर्षाको प्रभाव अझ बढी थियो । अहिले बिहान भने उपत्यकाको मौसम सामान्य बन्ने देखिएको छ । पानी पर्ने सम्भावना कम भएको भए पनि सतर्क रहनुपर्ने विभागको भनाई छ । पूर्वतर्फ सरेको मनसुनले मेचीका तीन पुल बगाएको, धनकुटा हिले सडक अवरुद्ध भएको, कोसी ब्यारेजका ढोकाहरू बढी खोल्न थालिएको लगायतका प्रभावहरू देखिन थालेका छन् । कोसी प्रदेशमा उच्च सतर्कतामा सरकारी निकाय देखिएक छन् ।