२० असोज, काठमाडौँ । नेपाली सेनाले अस्थायी पुल निर्माण गरेको छ । यही भाद्र १८ गते रातिदेखि परेको अविरल वर्षाको कारण पाँचथरको फिदिम नगरपालिका वडा नं. १ र ११ को सिमाना स्थित फेमे खोलामा पानीको बहाव बढ्न गई बाढिले फिदिम–फालाटे सडक खण्डमा रहेको हेमपाईप तथा डाईभर्सन बगाएकोले नेपाली सेना, वीरदल गणबाट खट्टिएको फौजले मानिस आवत जावत गर्न मिल्ने गरी अस्थायी पुल निर्माण गरेको हो।
हालसम्म १५ जिल्लाहरू (झापा, मोरङ्ग, सप्तरी, सर्लाही, सिराहा, महोत्तरी, इलाम, उदयपुर, चितवन, रसुवा, पर्सा, काठमाण्डौ, ललितपुर, भक्तपुर र काभ्रे) मा बाढी तथा डुबानमा फसेका एक हजार ३१३ जनाको सकुशल उद्धार गरेको छ भने हवाई साधनबाट २४ जनाको सकुशल उद्धार भएको सेनाले जनाएको छ ।






