२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ असोज २८ मा प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालयमा बसेको छ ।
आजको बैठकले भारतको नयाँ दिल्ली स्थित एपोलो अस्पतालमा उपचाररत रहेका नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य, पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
आजको बैठकमा केन्द्रीय सदस्यहरू— अर्जुननरसिंह केसी, एनपी साउँद, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, मिनाक्षी झा, अमृत अर्याल, गेहेन्द्र गिरी, प्रदिपकुमार सुनुवार, नैनसिंह महर, विनोदकुमार चौधरी, ई. मोहन आचार्य, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, नागिना यादव, उर्मिला नेपाल के।सी।, रुपा वि.क, धना खतिवडा, कल्याणी रिजाल, अनिलकुमार रुँगटा र आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्काले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यसमितिको बैठक २०८२ कात्र्तिक २१ गते बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बी।पी। नगर, ललितपुरमा पुनः बस्ने समेत मुख्यसचिव कृष्ण चन्द्र पौडेलले जानकारी दिएका छन् । ।





