समाचार

नेपाल ट्रस्टका सहसचिव कार्की पक्राउ, जग्गा लिज मुद्दा अनुसन्धानमा

२३ कात्तिक, काठमाडौं। नेपाल प्रहरीले नेपाल ट्रस्टका अवकाशप्राप्त सहसचिव लेखबहादुर कार्कीलाई चितवनबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार कार्कीले संस्थालाई नोक्सानी हुनेगरी ३० वर्षका लागि ट्रस्टको जग्गा लिजमा दिएको आरोप छ।

सीआईबी प्रमुख एआईजी मनोज केसीका अनुसार उनीविरुद्ध ठगी र आपराधिक विश्वासघातसम्बन्धी अनुसन्धान अघि बढाइएको छ।