समाचार

सांसद अन्सारीले संसदमा मोसो दलेपछि…

२२ कात्तिक, जनकपुर । नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले संसदमा मोसो दलेका छन्। उनले सांसद र दलहरूको नैतिक धरातल समाप्त भएको भन्दै आलोचना गरे।

मुख्यमन्त्री जितेन्द्र सोनाले विश्वासको मत लिँदै गर्दा समय मागेर बोलेका अन्सारीको माइक सभामुख रामचन्द्र मण्डलले काटेपछि उनीले यस्तो कदम उठाएका हुन्।

अन्सारीले यहाँको सरकार सांसदहरूको इच्छा विपरीत, केन्द्रको आदेशमा बनाइएको आरोप समेत लगाए।