काठमाडौं, २३ कात्तिक । नेपाल जेन–जी फ्रन्टले २३–२४ भदौको जेन–जी विद्रोहलाई संस्थागत गर्न केन्द्रीय र प्रदेशस्तरमा नयाँ संरचना विस्तार गरेको छ।
फ्रन्टले सुशासन, पारदर्शिता र डिजिटल स्वतन्त्रताको पक्षमा अभियान चलाउँदै भ्रष्टाचार र कुशासनको विरोध जारी राखेको छ।
रितु खड्का, अमृता बन र संविधान प्रसाई केन्द्रीय सदस्य बनेका छन्। सातै प्रदेशका सम्पर्क व्यक्ति पनि तोकिएका छन्।





