२४ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठन असंवैधानिक भएको भन्दै रक्कीप्रसाद साह र सुजित यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
रिटमा प्रदेश प्रमुख, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाइएको छ। दायरकर्ता अनुसार संविधानको धारा १६८ को उपधारा २ अझै लागू रहेको अवस्थामा उपधारा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु कानूनीरूपमा गलत भएको दाबी गरिएको छ।
यो रिटले मधेश सरकार गठन प्रक्रियामा संवैधानिक विवाद सिर्जना गरेको छ।





