समाचार

७४ सांसदको हस्ताक्षरसहित मधेश सरकार विरुद्ध सर्वोच्चमा रिट

२५ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई असंवैधानिक भन्दै ७४ सांसद सर्वोच्च अदालत पुगेका छन्। संविधानको धारा १६८(३) अनुसार बनेको सरकारले कानुनी प्रक्रिया उल्लंघन गरेको भन्दै नेपाली कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र र लोसपाका नेताहरूले संयुक्त रूपमा रिट दायर गरेका हुन्।

रिटमा सहयोगका लागि पूर्व मुख्यन्यायाधीवक्ता दीपेन्द्र झा पनि सहभागी छन्। गत आइतबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एकाका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

उनले बर्दिबासको एक होटलमा शपथ गराएपछि विवाद उत्पन्न भएको थियो। त्यसपछि राष्ट्रपति पौडेलले भण्डारीलाई पदमुक्त गरेका छन्।