२५ कात्तिक, काठमाडौं । हाडनाता करणी आरोपमा २५ वर्ष कैद सजाय पाएका र जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका कालीबाबा भनिने भरत लामिछाने पुनः पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामिछानेलाई राजधानीकै एक स्थानबाट पक्राउ गरेको जनाएको छ।
लामिछाने २४ भदौमा नख्खु कारागारबाट फरार भएका थिए। उनलाई काठमाडौं जिल्ला अदालतले हाडनाता करणी मुद्दामा २५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो, जुन उच्च अदालत पाटनले पनि सदर गरेको थियो।
अहिले उनको बाँकी १४ वर्ष कैद सजाय कार्यान्वयनका लागि पुनः नख्खु कारागार पठाइएको प्रहरीले जनाएको छ।





