समाचार

क्यानडा पठाउने प्रलोभनमा रकम ठगी गर्ने एक युवती पक्राउ

२५ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीका नाममा क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने २६ वर्षीया मनिषा अधिकारी रहेका छन्। उनले क्यानडा पठाइदिन्छु भनेर विभिन्न व्यक्तिसँग रकम असुली गरेको खुलासा भएको छ।

उक्त घटना सम्बन्धी थप अनुसन्धानका लागि उनलाई प्रहरी हिरासतमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।