१९ मंसिर, जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा सात दलीय गठबन्धनले नेपाली कांग्रेसका संसदीय दल नेता कृष्णप्रसाद यादवलाई चयन गर्ने सहमति गरेको छ।
आज बिहानैदेखि चलेको छलफलपछि यादवको नाममा सहमति पुगेको एक प्रदेश सांसदले जानकारी दिएका छन्। हाल गठबन्धनका सांसदहरूले औपचारिक हस्ताक्षर प्रक्रिया अघि बढाइरहेका छन्।





