समाचार

काठमाडौं प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा

२ माघ, काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय (काठमाडौं महानगर प्रहरी बल) का प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको पुष्टि गरेका छन् ।

पाण्डेले माघ ३ गतेसम्म आफू पदमै बहाल रहने र त्यसपछि औपचारिक रूपमा जिम्मेवारीबाट मुक्त हुने जानकारी दिए ।

उनका अनुसार राजीनामापछि उनी सक्रिय राजनीतिमा प्रवेश गर्ने तयारीमा छन् । स्रोतका अनुसार पाण्डे आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने योजनासहित राजनीतिक गतिविधिमा संलग्न हुन लागेका छन् ।

उनको राजीनामापछि काठमाडौं महानगर प्रहरी बलको नेतृत्व कसले सम्हाल्ने भन्नेबारे अहिलेसम्म औपचारिक निर्णय भइसकेको छैन ।