४ माघ, बुटवल । पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले दाङ–१ मा स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिएका छन्।
नेपाली कम्युनिस्ट पार्टीले उक्त क्षेत्रमा मेटमणि चौधरीलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका केसीले आफूले टिकट नपाए स्वतन्त्र रूपमा चुनाव लड्ने घोषणा गरेका हुन्।
उनले भने, “आज दिउँसो १ बजेसम्म आधिकारिक निर्णय हुन्छ भनिएको छ। त्यस बेलासम्म टिकट नपाए म स्वतन्त्र उम्मेदवार बन्छु।”
केसी लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट भालुबाङ सार्ने निर्णयमा प्रमुख भूमिका खेलेका नेताका रूपमा चिनिन्छन्।




