खेलकुद

काभा महिला भलिबलको सेमिफाइनलबाट बाहिरियो नेपाल, इरानसँग पराजित

१४ जेठ, काठमाडौँ । नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ।

बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा भएको दोश्रो सेमिफाइनलमा इरानसँग सोझो सेटमा पराजित भएसँगै नेपाल उपाधि होडबाट बाहिरिएको हो।

खेलमा इरान २५–२०, २५–१५, २५–११ ले विजयी भयो। जितसँगै फाइनल प्रवेश गरेको इरानले अब शुक्रबार उपाधिका लागि काजकिस्तानसँग खेल्ने छ।

त्यसअघि बिहीबार नै भएको पहिलो सेमिफाइलमा भारतलाई ३–० को सोझो सेटमा पराजित गर्दै काजकिस्तानले फाइनलमा स्थान बनाएको हो। खेलमा काजाकिस्तान २५–२१, २५–१७, २५–१४ ले विजयी भयो।

तेश्रो स्थानका लागि नेपाल र भारतबीचको खेल शुक्रबार हुने छ भने फाइनल खेल पनि शुक्रबार नै हुने नेपाल भलिबल संघले जनाएको छ।