राजनीति

रास्वपाको संशोधित विधानमा नयाँ व्यवस्था, सभापतिको निर्देशन अनिवार्य

२२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संशोधित विधानले पार्टी सभापतिको अधिकार थप बलियो बनाएको छ। नयाँ व्यवस्था अनुसार सभापतिले दिएको नीतिगत निर्देशन संसदीय दल, संसदीय दलका नेता तथा सांसदहरूले अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

यदि संसदीय दलका नेताले सभापतिको मार्गनिर्देशन पालना नगरेमा उनलाई पदमुक्त गर्न सकिने प्रावधान विधानमा समावेश गरिएको छ।

यस व्यवस्था अनुसार पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलमाथि थप नियन्त्रण र समन्वयको अधिकार प्राप्त हुनेछ।