रोजगारी

राससमा ७७ जिल्लाका लागि स्थानीय समाचारदाता आवश्यक

२६ असार, काठमाडौं। राष्ट्रिय समाचार समिति (रासस) ले आर्थिक वर्ष २०८३र०८४ का लागि देशभरका ७७ जिल्लामा स्थानीय समाचारदाता नियुक्त गर्न आवेदन आह्वान गरेको छ।

सूचनाअनुसार इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ।

काठमाडौं उपत्यकाबाहेक ७४ जिल्लामा प्रत्येक जिल्लाबाट १र१ जना समाचारदाता नियुक्त गरिनेछ।

काठमाडौंमा ६ जना, ललितपुरमा २ जना र भक्तपुरमा १ जना स्थानीय समाचारदातासहित विभिन्न स्थानका लागि फोटोपत्रकार पनि माग गरिएको छ।

साथै विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, देउखुरी, वीरेन्द्रनगर र धनगढी प्रदेश राजधानीमा पनि स्थानीय समाचारदाता तथा फोटोपत्रकार नियुक्त गरिने राससले जनाएको छ।

आवेदकले तोकिएको शैक्षिक योग्यता, पत्रकारिता अनुभव तथा आवश्यक कागजातसहित आवेदन पेश गर्नुपर्नेछ।

नियुक्ति सम्बन्धी विस्तृत योग्यता, सेवा–सुविधा र अन्य विवरण राससले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ।