ब्रेकिङ न्युज

गणेश नेपाली घटनाको सत्य खोज्न डीआईजी नेतृत्वमा समिति गठन

२६ असार, काठमाडौं । गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न नेपाल प्रहरीले डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री सुधन गुरुङले घटनाको निष्पक्ष अनुसन्धानका लागि समिति गठन गरिएको जानकारी दिएका हुन्। उनका अनुसार समितिले घटनाको सम्पूर्ण पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ।

गृहमन्त्री गुरुङले अनुसन्धानलाई प्रभावकारी बनाउन घटनासँग सम्बन्धित तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको पनि संसद्लाई जानकारी गराए।

गणेश नेपालीको आत्मदाह घटनापछि सार्वजनिक रूपमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गर्न सरकारले समिति गठन गरेको भन्दै गृहमन्त्रीले सत्यतथ्य बाहिर ल्याइने विश्वास व्यक्त गरे।