२९ असार, काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ Galaxy A27 5G स्मार्टफोन सार्वजनिक गरेको छ। युवा पुस्तालाई लक्षित गर्दै ल्याइएको यो फोनमा AI आधारित सुविधा, शक्तिशाली प्रोसेसर, उत्कृष्ट डिस्प्ले र ६ वर्षसम्मको सफ्टवेयर तथा सुरक्षा अपडेटको सुविधा दिइएको कम्पनीले जनाएको छ।
फोनमा ६.७ इन्चको FHD+ Super AMOLED डिस्प्ले, १२०Hz रिफ्रेस रेट र Snapdragon 6 Gen 3 प्रोसेसर रहेको छ। यसमा ५० मेगापिक्सेल OIS मुख्य क्यामेरा, १२ मेगापिक्सेल सेल्फी क्यामेरा, ५,०००mAh ब्याट्री र २५W फास्ट चार्जिङको सुविधा उपलब्ध छ।
Galaxy A27 5G मा Google Gemini, Perplexity र Voice Transcription जस्ता AI फिचर समावेश गरिएका छन्। साथै Samsung Knox Vault सुरक्षा प्रणाली, IP64 रेटिङ र Android 16 आधारित One UI 8.5 पनि रहेको छ।
फोन Black, Light Green र Light Pink रंगमा उपलब्ध हुनेछ। 6GB/128GB भेरियन्टको मूल्य रु ५५,९९९ र 8GB/512GB भेरियन्टको मूल्य रु ६९,९९९ तोकिएको छ।
सामसङले फोन खरिदमा २४ महिनासम्मको नो–डाउन–पेमेन्ट EMI, पुरानो फोन साट्दा रु ८,००० सम्म अतिरिक्त एक्सचेन्ज बोनस र १२०GB एनसेल डाटा उपहारको अफर पनि सार्वजनिक गरेको छ।





