ब्रेकिङ न्युज

संसद्मा आरेन राई : बरु ढुङ्गो बोल्ला प्रधानमन्त्री बोलेनन्

३० असार, काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर आफ्नो सीमा सम्बन्धी गलत अभिव्यक्ति नसच्चाएको भन्दै आपत्ति जनाएका छन्।

आजको प्रतिनिधि सभा बैठकमा सांसद राईले डेढ महिनादेखि विपक्षीले उक्त अभिव्यक्ति सच्चाउन माग गरे पनि बरु ढुङ्गो बोल्ला प्रधानमन्त्री नबोलेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

‘बरु ढुङ्गा बोल्ला मान्छे बोल्दैन जस्तै भयो । यसले डर चिन्ता लागेको छ’, उनले भने, ‘वर्तमान प्रधानमन्त्रीले महानगरको मेयर हुँदा एउटा समस्या हुँदा फेसबुकमा लेखेर सिंहदरबार जलाइदिन्छु भन्नुभयो । पछि सिंहदरबार जल्यो । सीमा बारे पनि त्यस्तै हुने त होइन रु’ उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति नियतवश आएको भन्ने आफूलाई नलागेको बताए ।