ब्रेकिङ न्युज

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफलको बाटो खुल्यो

३० असार, काठमाडौं । प्रतिनिधिसभाले दुई महत्त्वपूर्ण विधेयकलाई थप अध्ययन र दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने निर्णय गरेको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सदनमा दुवै विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सभामुखले निर्णयार्थ पेश गरेपछि दुवै प्रस्तावमा सांसदहरूको सर्वसम्मत समर्थन प्राप्त भएको हो।

अब यी विधेयकमाथि सम्बन्धित समितिमा विस्तृत छलफल, आवश्यक संशोधन र अध्ययनपछि पुनः प्रतिनिधिसभामा पेश गरिने प्रक्रिया अघि बढ्नेछ।