राजनीति

उपचारका लागि हङकङ गएका देउवाकाे हात कसरि भाँचियो ?

१ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन्।

स्रोतका अनुसार केही दिनअघि भएको उक्त घटनामा देउवाको दायाँ हात भाँचिएको छ। उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएका उनी आवश्यक उपचारपछि डिस्चार्ज भइसकेका छन्। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

स्वास्थ्य उपचारकै सिलसिलामा हङकङमा रहेका देउवा पछिल्लो समय पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग विभिन्न स्थानमा हिँडडुल गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक हुँदै आएका छन्।

देउवा २०८२ साल चैत ७ गते थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए। त्यसअघि उनी फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानमार्फत उपचारका लागि सिंगापुर गएका थिए ।