१ साउन, काठमाडौं । विवादमा तानिएको मास्टर्नी गीत युट्युबबाट हटाइएको छ ।
गायक दुर्गेश थापाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा रहेका केही शब्द र दृष्यप्रति चर्को आलोचना भएपछि हटाइएको छ ।
नायिका प्रियंका कार्कीले उक्त गीत हटाइएको जानकारी गराउँदै माफी पनि मागेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् यसरी माफी मागेकी छन् ।





