मनोरञ्जन

ब्रेकअप हुन लाग्यो नेपाली फिल्म जगतको चुलबुले जोडीको

सुर्यखबर संबाददाता ।
काठमाडौं,जेठ १७ ।

नेपाली चलचित्र क्षेत्रमा प्राय हीरोइनहरुले आफ्नो प्रेम समन्धबारे त्यति खुलेर कुरा गर्दैनन् । तर त्यो भन्दा अलग थिइन हीरोइन निता ढुंगाना। नायक अमेशसंग आफु प्रेममा रहेको कुरा खुलेरै भन्थीन उनि ।

त्यति मात्र हैन सार्बजनिक कार्यक्रम देखि साप्ताहिकको भयालेनटाइन बिशेषमा समान यो जोडी खुलेर प्रेम प्रदसन गर्थे  ।  तर अहिले समय परिबतर्न भए जस्तो देखिएको छ ।

केहि दिन पहिले निर्भयु नामको फिल्मको घोषणा समारोहमा मिडियाले सोधेको प्रश्नमा  नीताले प्रेम र बिहेको बारेमा खुलेर बोल्न चाहिनन्, बरु कुरा अन्तै मोडिन् ।

सामाजिक संजाल मा समेत आफ्नु प्रेमलाई सार्बजनिक गरिसकेको यो जोडीको सामाजिक संजालमा समेत  कुरा मोडिएको जस्तो देखिन्छ ।  आमेशको फेसबुक स्टाटसबाट पानी तेस्तै संकेत मिल्छ ।  उनले वालमा लेखेका छन्   ‘सिंगल हुनु अभिशाप हो या गिफ्ट । तपाई नै निर्णय गर्नुहोस् ।’

नेपाली रंगमंचमा चुलबुल जोडीको उपाधि पाको यो जोडीको प्रेम कतै संकट मा त परेको हैन ।  ब्रेकअप हल्लाले  बजार तातिरहेको भए पानी  दुबैजनाले यो बारेमा आधिकारिकता भने  बाहिर ल्याएका छैनन् ।