मनोरञ्जन

नायक राजेश हमाल र मधु भट्टराईबीचको सम्बन्ध धरापमा

सुर्यखबर प्रतिनिधि

काठमाडौ, जेठ ४, २०७३  । ५३ बर्षको उमेरमा बिबाह गरेका राजेश हमाल हाल अमेरीकामा छन् । भर्खरमात्र नेपाली सेनाका जर्नेललाई भारतीय हिरोइन सोनाक्षीलाई एयरपोर्टमा लिन जाँदा बिरोध गरेपछि फरक धारबाट चर्चामा आईरहेका हमाल आखिर किन यती लामो समय अमेरीकामा बसीरहेका छन् त ? महानायक हमालको उनकी पत्नी मधु भट्टराईसँग खट्पटी भएका कारण अमेरीका गएको बुझिएको छ ।

बिबाह गरेको ५ बर्ष भईसकेपनि प्राय जहाँ जाँदापनि पत्नीलाई लिएर जाने हमाल यसपटक भने एक्लै अमेरीका हानिएका थिए । त्यसपछि एक महिना भन्दा बढी एक्लै अमेरीकामा बसोबास गरिसकेका उनी नेपाल फर्किन अझै केहि समय लाग्न सक्ने बताईएको छ ।

राजेश र मधुबीच  खट्पट चर्को हुन थालेपछि मधुलाई छाडेर हमाल अमेरिका उडेको बताईएको छ । उनी अहिलेसम्म स्वदेश फर्किएका छैनन । उनीहरुवीच टेलिफोन संबादसमेत केही समयदेखि हुन नसकेको बताईएको छ ।
एक कार्यक्रममा आफु राजेश र मधु जस्तो हुन बिबाह गर्न नचाहने कलाकार दीपा श्री निरौलाले बताएकी थिईन । यसबाट पनि के प्रष्ट हुन्छ भने दीपाश्रीलाई उनीहरुको बिग्रीएको सम्बन्धबारेमा केहि न केहि जानकारी छ ।
निरौलाले एक कार्यक्रममा पत्रकारहरुको विवाह कहिले गर्ने भन्ने प्रश्नमा ‘तपाईहरुले राजेश हमालको बैवाहिक जीवन हेर्नु भएको छैन । त्यस्तो भएर म विवाह गर्न सक्दिन’ भनेर  प्रतिक्रिया दिएकी थिईन ।

अब फिल्मी कलाकारहरुको बैबाहिक जीवन सफल हुन नसक्ने परम्परा तोड्ने आँकलन गरिएका समझदार हमाल पनि फन्दामा पर्न सक्ने अनुमान लगाउन सकिन्छ । उनीहरुको जीबनमा एकअर्काबीच खट्पट् भएको समाचार पछिल्लो समयमा मीडीयामा प्राथमीकतामा आईरहेको छ ।