मनोरञ्जन

भूकम्पपीडितको सहयोगार्थ आयोजना गर्न लागीएको कन्सर्टमा भाग लिन सोनाक्षी काठ्माण्डौमा

सुर्यूखबर समाचारदाता ।
वैशाख ३१, २०७३। भारतकी लोकप्रीय अभिनेत्री सोनाक्षी सिन्हा शुक्रबार अपरान्ह काठ्माडौ आएकी छिन् ।भोली शनिबार टुंडिखेलमा हुन लागेको कन्सर्टमा भाग लिन सोनाक्षी काठ्माण्डौ आएकी हुन् । मलाईका अरोरा पनि बलिउडबाट कार्यक्रममा  प्रतिनिधित्व गर्न आउने भनेपनि   बेलुका मात्रै आईपुग्ने काठ्माण्डौ आईपुग्ने बताइएको छ ।

हेर्दा साह्रै नै आकर्षक लाग्ने कालो चस्मा सहितको युनिफर्ममा काठ्माण्डौ आएकी सोनाक्षीले दर्शकहरुलाई कन्सर्टमा लोभ्याउने छ । सोनाक्षीको  नेपाल भ्रमण पहिलो भएको बताईएको छ । उनले चार घन्टाअघि मात्रै आफू काठमाडौं आउन लागेको भन्दै ट्वीटमा लेखेकी थिइन्– ‘लेट्स डान्स’ । आज सोनक्ष सोल्टि होटलमा बस्ने आयोजकले भनेको छ ।

सैनिक श्रीमती संघ नेपालको  आयोजना हुन लागेको कन्सर्टमा भाग लिन उनी   सोनाक्षी र मलाईका आएका हुन् भने उक्त कन्सर्टमा  नेपाली नायिकाहरु रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा, सुष्मा कार्की र गायिका इन्दिरा जोशीले पनि भाग लिने जनाईएको छ ।  शैनिक श्रीमती स३द्वारा आयोजना गरिएको कन्सर्ट भूकम्पपीडितको सहयोगार्थ आयोजना गर्न लागीएको हो ।